टोटनहम पराजित, चेल्सी रोकियो
टोटनहम हटस्पर्स आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति भएको प्रिमियर लिग अन्तरगतको खेलमा स्पर्स ०–२ गोलले पराजित भएको हो ।
गोलकिपर ह्युगो लोरिसको गल्तीको फाइदा उठाउँदै इमिलियानो बुएन्डियाले भिल्लालाई अग्रता दिलाएका थिए भने डगलस कोस्टाले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । योसँगै उनाई एम्रीको नेतृत्वमा भिल्लाले लगातार दुई अवे खेल जित्न सफल भएको छ । जीतपछि भिल्ला १७ खेलबाट २१ अंक बटुल्दै लिगको १२ औँ स्थानमा रहेको छ । स्पर्स समान खेलबाट ३० अंकसहित लिगका पाँचौँ स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा चेल्सी नटिङहम फरेस्टसँग बराबरीमा रोकिएको छ । खेलको १६ औँ मिनेटमा राहिम स्टर्लिङले चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा सर्जी औरियरले बराबरी गोल फर्काएका थिए ।
चेल्सी १६ खेलबाट २५ अंक बटुल्दै लिगको आठौँ स्थानमा छ । फरेस्ट भने १७ खेलबाट १४ अंक बटुल्दै लिगको रेलिगेसन जोनमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण