कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो बैठक आज
सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बस्दैछ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएसँगै आज पहिलो बैठक बस्न लागेको हो ।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्यक्षता गर्ने छन् ।
यस्तै पहिलो अधिवेशनको लागि प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाह अहिले ११ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् । कर्णाली प्रदेश सभामा एक जना स्वतन्त्रसहित पाँच वटा दलहरूको प्रतिनिधित्व रहेको छ । संसद्मा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, रापप्रा र नेकपा (एकीकृत समाजवादी) को १/१ र एक जना स्वतन्त्र सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण