आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो बैठक आज

सोमबार, १८ पुस २०७९, १० : ५२
सोमबार, १८ पुस २०७९

 

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बस्दैछ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई  बैठक आह्वानका लागि पत्र पठाएसँगै आज पहिलो बैठक बस्न लागेको हो । 

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्यक्षता गर्ने छन् ।

यस्तै पहिलो अधिवेशनको लागि प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाह अहिले ११ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् । कर्णाली प्रदेश सभामा एक जना स्वतन्त्रसहित पाँच वटा दलहरूको प्रतिनिधित्व रहेको छ । संसद्मा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, रापप्रा र नेकपा (एकीकृत समाजवादी) को १/१ र एक जना स्वतन्त्र सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप