के पीएसजीका समर्थकहरूले मेस्सीलाई स्वागत गर्लान् ?
फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेनका म्यानेजर क्रिस्टोफर गाल्टियरले विश्वकप विजेता खेलाडी लियोनेल मेस्सी पिएसजी फर्किँदा समर्थकहरूले उनलाई स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् ।
हालै सम्पन्न विश्वकप फाइनलमा अर्जेन्टिनी कप्तानले दुई गोल गर्नुका साथै पेनाल्टी सुटआटमा गोल गर्दै फ्रान्सको लगातार दुईपटक उपाधि जित्ने सपना चकनाचुर पारेका थिए । विश्वकप जितेपछि अर्जेन्टिनामा खुसीयाली मनाउँदा अर्जेन्टिनी खेलाडीहरूले फ्रान्सका खेलाडीहरूको मजाक उडाएका थिए । जसमा पीएसजीमा मेस्सीका सहकर्मीहरू पनि रहेका थिए ।
विश्वकपपछि बिदामा रहेका मेस्सी जनवरी ३ मा क्लबमा फर्कने भएका छन् ।
क्लबका म्यानेजर गाल्टियरलाई पत्रकारहरूले प्रश्न गरेका थिए, ‘के फ्रान्सका समर्थकहरू मेस्सीसँग रुष्ट छैनन् ?’ जवाफमा गाल्टियरले पीएसजीका समर्थकहरूले मेस्सीलाई स्वागत गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई यकिन छ पार्क डेस प्रिन्सेसमा मेस्सीलाई स्वागत गरिनेछ । उनले भर्खरै विश्वकपको सबैभन्दा सुन्दर ट्रफी जितेका छन् । यो सिजनको सुरुवातदेखि उनले क्लबका लागि कस्तो योगदान दिएका छन् भन्ने पनि बिर्सनु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण