सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा
सोमबार, १८ पुस २०७९, २१ : ३५
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् ।
शुक्रबारदेखि विद्युत् सेवा ठप्प हुँदा टुकीको सहारा बस्न बाध्य बनेका स्थानीयवासीले गुनासो गरेका छन् । १५ किलोवाट क्षमताको विद्युत्को जेनेरेटरमा खराबी आएका कारण सेवा अवरुद्ध भएको सञ्चालक आङ पुला शेर्पाले बताए । मेसिन मर्मतका लागि काठमाडौं पठाउनुपर्ने भएकाले सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने शेर्पाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण