मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा

सोमबार, १८ पुस २०७९, २१ : ३५
सोमबार, १८ पुस २०७९

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् । 

शुक्रबारदेखि विद्युत् सेवा ठप्प हुँदा टुकीको सहारा बस्न बाध्य बनेका स्थानीयवासीले गुनासो गरेका छन् । १५ किलोवाट क्षमताको विद्युत्को जेनेरेटरमा खराबी आएका कारण सेवा अवरुद्ध भएको सञ्चालक आङ पुला शेर्पाले बताए । मेसिन मर्मतका लागि काठमाडौं पठाउनुपर्ने भएकाले सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने शेर्पाको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप