नेपाल समाजवादी पार्टीको राजनीतिक समिति बैठक २४ गते बस्दै
मङ्गलबार, १९ पुस २०७९, ०८ : ३५
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पौष २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।
काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । बैठकले यससम्बन्धि केही महत्वपूर्ण निर्णय पनि गर्ने पाण्डेले जानकारी दिए ।
नेसपा र माओवादीबीच पार्टी एकता तथा समाजवादी केन्द्र गठनको विषयमा छलफल जारी रहेको अबस्थामा बस्न लागेको नेसपाको राजनीतिक समितिको बैठकलाई अर्थपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण