शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल समाजवादी पार्टीको राजनीतिक समिति बैठक २४ गते बस्दै

मङ्गलबार, १९ पुस २०७९, ०८ : ३५
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पौष २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो । 

काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । बैठकले यससम्बन्धि केही महत्वपूर्ण निर्णय पनि गर्ने पाण्डेले जानकारी दिए । 

नेसपा र माओवादीबीच पार्टी एकता तथा समाजवादी केन्द्र गठनको विषयमा छलफल जारी रहेको अबस्थामा बस्न लागेको नेसपाको राजनीतिक समितिको बैठकलाई अर्थपूर्ण मानिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप