‘नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ छ’

नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आरोप लगाएका छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा फिक्सिङ भएको तिमिल्सिनाले बताएका हुन् ।
‘मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिएन । सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो । मलाई क्यान नै लागेपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो । तर, यसमा भएन,’ सचिनले भने ।
सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए । ‘खेलको पुरै फिक्सिङ छ । यसले खेलको रिजल्टमा कुनै असर पार्दैन । तर, खेलको बीचमा हुने क्रियाकलपमा भने असर पर्छ,’ उनले भने ।
आज नै जारी प्रतियोगितामा पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा खेल टस नहुँदै खेल अन्योलमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’
-
केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा आउँछ : मन्त्री अधिकारी
-
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण
-
श्रीमती मार्न जसलाई ‘सुपारी’ दिए, उनीहरूबाटै मारिए चूडामणि
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
-
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ