बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सलमान खानलाई भेट्न ११ सय किलोमिटर साइकल यात्रा

मङ्गलबार, १९ पुस २०७९, ११ : २९
मङ्गलबार, १९ पुस २०७९

मुम्बई। अभिनेता सलमान खानले गत २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाए । यही मौकामा उनको एक झलक पाउन हजारौं फ्यान उनको घर अगाडि आएका थिए । सलमान जोकोही फ्यानलाई भेट्न सक्दैनन, तर फ्यान समीरको मामलामा भने उनी अलग देखिए ।

जबलपुर बस्ने समीर चिसो मौसमका बाबजुद पनि ११ सय किलोमिटर साइकल चलाएर सलमानलाई भेट्न पुगेका थिए । सलमानले पनि फ्यानको भावनाको सम्मान गर्दै उनलाई भेटेर फोटो खिचे ।

समीर बाल्यकालदेखि नै सलमानका ठूलो फ्यान हुन् । २२ डिसेम्बरमा समीर चिसो मौसमका बाबजुद पनि जबलपुरबाट साइकल चलाउँदै २९ डिसेम्बरमा मुम्बई पुगे । जब सलमानले आफूलाई भेट्न समीर आएको थाहा पाए, उनी आफैं घर बाहिर आए ।

सलमानले उनीसँग भलाकुसारी गर्दै स्वास्थ्य अवस्थाको बारेमा सोधे र आफ्नो घरमा खाना पनि खुवाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप