सलमान खानलाई भेट्न ११ सय किलोमिटर साइकल यात्रा
मङ्गलबार, १९ पुस २०७९, ११ : २९
मुम्बई। अभिनेता सलमान खानले गत २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाए । यही मौकामा उनको एक झलक पाउन हजारौं फ्यान उनको घर अगाडि आएका थिए । सलमान जोकोही फ्यानलाई भेट्न सक्दैनन, तर फ्यान समीरको मामलामा भने उनी अलग देखिए ।
जबलपुर बस्ने समीर चिसो मौसमका बाबजुद पनि ११ सय किलोमिटर साइकल चलाएर सलमानलाई भेट्न पुगेका थिए । सलमानले पनि फ्यानको भावनाको सम्मान गर्दै उनलाई भेटेर फोटो खिचे ।
समीर बाल्यकालदेखि नै सलमानका ठूलो फ्यान हुन् । २२ डिसेम्बरमा समीर चिसो मौसमका बाबजुद पनि जबलपुरबाट साइकल चलाउँदै २९ डिसेम्बरमा मुम्बई पुगे । जब सलमानले आफूलाई भेट्न समीर आएको थाहा पाए, उनी आफैं घर बाहिर आए ।
सलमानले उनीसँग भलाकुसारी गर्दै स्वास्थ्य अवस्थाको बारेमा सोधे र आफ्नो घरमा खाना पनि खुवाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण