शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री  सर्भिस

मङ्गलबार, १९ पुस २०७९, १२ : ३९
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
 ‘जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ’, कम्पनीले भनेको छ, ‘सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उहाँहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागिएको हो ।’  सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस  भौचर पनि जित्न सक्नेछन् । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाइने कम्पनीले जनाएको छ ।  त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५०  प्रतिशत छुट  पाइनेछ भने इन्जिन कुलिंग, एसी÷ हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र  इन्जिन आयलमा ५ प्रतिशत छुट दिइने कम्पनीको भनाइ छ । सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप