विराटनगरमाथि काठमाडौँको जित
काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगमा काठमाडौँ नाईट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ । विवादका कारण ढिला सुरु भएर ९ ओभरमा झारिएको खेलमा काठमाडौँले विराटनगरलाई ३४ रनले हराएको हो ।
काठमाडौँले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ ओभर ५ बलमा अलआउट हुँदै मात्र ५८ रन बनायो । विराटनगरका लागि गौरान्शूं शर्माले २२ रन बनाए । त्यस्तै विवेक यादव १२ रन बनाउँदा नन्दन यादव ११ रनको योगदान गरे । काठमाडौँका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । त्यस्तै सुनाम गौतम र अनिल खरेलले समान २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौँका लागि सन्दिप रजालीले अविजित ३२ रनको योगदान गरे । त्यस्तै कमलसिंह ऐरीले १४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान गरे । विराटनगरका लागि नन्दन यादवले ३ विकेट लिए । त्यस्तै हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए ।
जितसँगै काठमाडौँ ७ खेलमा ४ जित ३ हारको नतिजा सहमति ८ अङ्क जोडेर तेस्रो स्थानमा छ । पराजित विराटनगर ७ खेलमा ४ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण