शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्रीको आरोप : एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास भयो

बुधबार, २० पुस २०७९, ०७ : ५५
बुधबार, २० पुस २०७९

भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउदै बेइजिङको आलोचन गरेका छन् । अस्ट्रेलियाको जेडआईबी २ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढगले परिवर्तन नगर्ने सम्झौता थियो, जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् । तसर्थ, मलाई लाग्छ त्यहाँ हामीसँग एउटा मुद्दा, धारणा छ जुन सिधै हाम्रा अनुभवबाट प्राप्त हुन्छ, ’ उनले भने ।

एलएसीको  पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल  हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।

'मलाई लाग्छ कि हाम्रा अनुभवहरूमा आधारित ठूलो चासो छ । चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौं, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौं,' उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप