भारतीय विदेशमन्त्रीको आरोप : एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास भयो
भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउदै बेइजिङको आलोचन गरेका छन् । अस्ट्रेलियाको जेडआईबी २ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढगले परिवर्तन नगर्ने सम्झौता थियो, जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् । तसर्थ, मलाई लाग्छ त्यहाँ हामीसँग एउटा मुद्दा, धारणा छ जुन सिधै हाम्रा अनुभवबाट प्राप्त हुन्छ, ’ उनले भने ।
एलएसीको पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।
'मलाई लाग्छ कि हाम्रा अनुभवहरूमा आधारित ठूलो चासो छ । चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौं, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौं,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण