बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने

बुधबार, २० पुस २०७९, ०८ : ५१
बुधबार, २० पुस २०७९

ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्ने भएको छ । जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्ध विपरीत नीति हो । एलोन मस्कको स्वामित्वमा रहेको कम्पनीले राजस्व बढाउन खोजेको छ ।

कम्पनीले संयुक्त राज्य अमेरिकामा “कारणमा आधारित विज्ञापनहरू“ को लागि आफ्नो विज्ञापन नीतिलाई पनि सहज बनाउने बताएको छ । 

ट्वीटर र फेसबुकजस्ता अन्य सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो सेवाहरूमा चुनावी गलत सूचना फैलाउन अनुमति दिएकोमा व्यापक आलोचनाको सामना गर्नु परेपछि ट्विटरले सन २०१९ मा राजनीतिक विज्ञापनहरू प्रतिबन्ध लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप