प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्दै
बुधबार, २० पुस २०७९, ०९ : १७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् । कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई विहान ११ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।
अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न निर्देशन दिएको महासचिव दिपेश पुनले बताए । ‘प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्ड कमरेडले पदाधिकारी बैठकलाई सम्बोधन गर्दै हुनहुुन्छ’ पुनले भने, ‘सबै पदाधिकारीलाई समयमै पुग्न भनिएको छ । पार्टी, सरकार र आगामी योजनाका विषयमा प्रधानमन्त्री ज्यूले राख्नु हुन्छ ।’
अब बस्ने अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले संगठनभित्रको विवाद समेत साम्य बनाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण