जुम्लामा लडेर एक जना महिलाको मृत्यु
बुधबार, २० पुस २०७९, ०९ : २८
जुम्लामा लडेर एक जना महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका-६ घोडेगाउँकी वर्ष ३० कि रामपुरा रोकायाको लडेर मृत्यु भएको हो।
मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न तिर गएको अबस्थामा लडेर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।उनका अनुसार मंगलबार दिउँसो ४ बजे त्यो घटना भएको हो।
वनमा लडेर घाइते भएकी उनको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो। चन्दका अनुसार घाइते रोकायालाई डाक्टरले आज बिहान ५ बजे मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण