काठमाडौँ महानगरका विद्यालयमा पूर्व–स्वीकृतिबिना प्रवेश निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक लगाएको छ । विभिन्न संघ–संस्थाका नाममा, अतिथि शिक्षक लगायत विभिन्न नाममा विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर शिक्षा विभागले पूर्व स्वीकृति बिना विद्यालयमा प्रवेश गराउन रोक लगाएको हो । शिक्षा विभागले सबै विद्यालयमा पत्राचार गरेर विभागको पूर्वस्वीकृति विना प्रवेश नगराउन भनेको हो ।
विद्यालयमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानवअधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीसँग जबर्जस्ती आर्थिक सहयोग माग गर्ने गरेको गुनासो आउने गरेको विभागले जनाएको छ । शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयबाट गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन भनेको हो । उक्त क्रियाकलापले विद्यालय शान्ति क्षेत्र को उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिथविधि प्रभावित भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान
-
मध्यपश्चिम विश्वविद्यालयलाई नसुधारिएको कि सुधार्न नखोजिएको ?
-
लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र
-
कोलम्बियाले गर्यो चीनको बीआरआईमा हस्ताक्षर
-
आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरूवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर
-
नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?