मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रम स्वीकृति विनै नेपाल टी–ट्वान्टी लिग खेल्दैछन् विदेशी खेलाडीहरु

बुधबार, २० पुस २०७९, २१ : ५०
बुधबार, २० पुस २०७९

काठमाडौं । यही पुष ९ गतेबाट सञ्चालनमा आएको नेपाल टी–ट्वान्टी लिगमा आबद्ध विदेशी खेलाडीले अझैसम्म श्रम स्वीकृती नलिएको पाइएको छ । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रम स्वीकृतिका लागि ६ टोलीका ३२ जना खेलाडीको माग आएपनि हालसम्म स्वीकृत नलिएको विभागका प्रवक्ता मनिनाथ गोपेले बताए । 

उनले नेपाल टी–ट्वान्टी लिगबाट माग मात्र आएको र त्यसपछि कुनै पनि प्रकृयामा नपुगेको बताए । नेपाल टी–ट्वान्टी लिगका ६ टोलीहरुबाट ३२ जना खेलाडीको श्रम स्वीकृतिका लागि माग आएको थियो । त्यसपछि कुनै प्रक्रिया अघि ढलेको छैन,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । 

यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिनभित्रमा जवाफ पठाउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागलाई गत १८ गते पत्र पठाइ सकेको छ । यता राखेपाले पनि यो विषयमा छानबिन गर्न आफ्नो कार्यदल गठन गरिसकेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप