सैनिकले जथाभावी मोबाइल चलाउँदा युक्रेन आक्रमणमा ठूलो नोक्सानी : रुस
रुस । रुसले युक्रेन आक्रमणमा ठूलो संख्यामा रुसी सैनिक मारिएमा ‘लापरवाह अफिसर’को जवाफदेही बनाउने जनाएको छ । माकिभका सहरमा भएको यो आक्रमणमा ठूलो संख्यामा सैनिक मारिएका थिए।
रुसी सेनाले जारी गरेको विज्ञप्तिमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइएको र यो नियम उल्लङ्घन भएको स्पष्ट छु भनिएको छ। रुसी सेनाका अनुसार ‘अमेरिकाले युक्रेनलाई दिएको हिमर्स मिसाइलको दायरामा मोबाइल फोनको प्रयोग खतराको कारण बन्न सक्छ । यसबारे सिपाहीहरूलाई जानकारी पनि गराइएको थियो।
जनवरी १ मा भएको यो हमलामा रेजिमेन्टका डेपुटी कमाण्डरसहित ८९ रुसी सैनिक मारिएका थिए। युक्रेनले रुसको कब्जामा रहेको डोनेट्स्क क्षेत्रको माकिएभका सहरको एक कलेजमा रकेट आक्रमण गरेको थियो। यस कलेजमा रूसी सैनिकहरू उपस्थित थिए।
रुसका अनुसार राति करिब एक बजे अमेरिकामा निर्मित हिमर्स रकेट प्रणालीबाट कलेजमा ६ रकेट प्रहार गरिएको थियो । यी मध्ये दुई रकेट नष्ट भएको थियो। रुसी सेनाले प्रतिबन्धका बावजुद सैनिकहरूले ठूलो संख्यामा फोन प्रयोग गरेको जसका कारण शत्रुलाई आफ्नो स्थानको अनुमान भएको बताएको छ । यस आक्रमणमा कति सैनिक मारिए भन्ने पुष्टि भएको छैन । रुस र युक्रेन दुवैले फरक फरक तथ्यांक बताउँदै आएका छन् । तर, रुसले यो युद्धमा अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु भएको स्वीकार गरेको छ ।
युक्रेनले भने ४०० रुसी सैनिक मारिएको र ३०० जना घाइते भएको बताएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार यस हमलामा रेजिमेन्टका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नेल बाचुरिनको पनि मृत्यु भएको छ । आयोगले यस विषयमा छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण