भुसाललाई पार्टीमा भित्र्याउने नेपालको तयारी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ। एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्। बुधबार कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालले भुसाललाई आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेको स्रोतले बतायो। पार्टीमा राम्रो पोर्टफोलियोमा बसेर काम गर्न नेता भुसाललाई अध्यक्ष नेपालले प्रस्ताव गरेको स्रोतको भनाइ छ।
मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए।
भुसालले एमालेभित्र फरक मत राख्दै आएका थिए। माधव नेपाल एमालेबाट अलग भएपछि भुसाललगायत नेताहरू नेपालसँगै आउने कुरा भए पनि अन्तिम समयमा भुसाल एमालेमै बसेका थिए। त्यस्तै नेता भुसाललाई अध्यक्ष नेपालले पार्टी एकीकरणका विषयमा पनि जानकारी गराएका थिए। उनले पार्टी एकीकरणमा गए पनि एकताबाट बन्ने नयाँ पार्टीमा आबद्ध भएर काम गर्न भुसाललाई आग्रह गरेका थिए।
माधव नेपाल नेतृत्वको पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एकीकरण गर्ने विषयमा अन्तिम तयारी गरेका छन्। संसदमा चौथो ठूलो दल बन्नका लागि दुई पार्टी मर्जरको तयारीमा रहेको स्रोत बताउँछ।
त्यसका लागि दुवै पार्टीले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरण गर्न सकिने निर्णयसमेत गरेको थियो। एकीकृत समाजवादीको दुई दिन चलेको पोलिटव्युरो बैठकले विचार मिल्ने पार्टीसँग एकता गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण