जुम्लामा निर्माणाधीन नमुना एकीकृत कार्यालयको काम २५ प्रतिशत बाँकी
जुम्लामा नमुना एकीकृत कार्यालयको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ। ३ वर्ष पहिलेदेखि निर्माण भइरहेको एकीकृत कार्यालयको २५ प्रतिशत काम हुन मात्रै बाँकी छ।
पर्खाल लगाउने, ढलान गर्ने र रंगरोगन लगायतका काम सकिएका छन् । झ्याल ढोका जोड्ने र अन्य फिनिसिङका कामहरू बाँकी छन्।सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्र बहादुर खड्काका अनुसार बढीमा ४ वटा कार्यालय एकै भवनमा सञ्चालन गर्ने लक्ष्यका साथ एकीकृत कार्यालय निर्माण लागिएको हो।
कार्यालय निर्माणका लागि ९ करोड ६८ लाख ७४ हजार ८ सय ४५ रुपैयाँको स्टमेट गरिएको थियो, तर निर्माण कम्पनी (डाँफे क्याराभान जेभी काठमाडौँ) सँग ७ करोड २४ लाख ३२ हजार ६ सय ५७ रुपैयाँमा ठेक्का सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्र बहादुर खड्काले बताए।
जुम्लामा कर्णालीकै पहिलो र ठुलो एकीकृत कार्यालय बन्न लागेको उनको भनाइ छ । सेवाग्राहीले एकै भवनबाट छिटोछरितो र सहज रुपमा सेवा पाउने छन्।नमुना एकीकृत कार्यालयको ५ तलेको बन्दै छ, चार तलामा कार्यालय रहने खड्काले बताए। पाँचौँ तलामा कर्मचारी गेस्ट हाउस बनाइने उनले जनाए।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सरकारी वकिल कार्यालय लगायत अन्य ४ वटा कार्यालय सञ्चालन हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण