शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस समानुपातिकमा २०७४ को निर्वाचनभन्दा ४ लाख बढी मत कम

बिहीबार, २१ पुस २०७९, १४ : ४२
बिहीबार, २१ पुस २०७९

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फ २०७४ सालको निर्वाचनभन्दा ४ लाख १३ हजार १ सय ६४ मत कम छ । कांग्रेस प्रतिवेदन निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । 

उपसमितिका संयोजक आनन्द ढुंगाना र सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले प्रतिवेदनबारे जानकारी दिँदै सहरमा नयाँ पार्टी र ग्रामीण क्षेत्रमा कम्युनिस्टहरूलाई मत गएको जनाएको छ । प्रतिवेदनमा जनतासँग घुलमिल भएको उम्मेदवारले निर्वाचन जितेको उल्लेख गरेको छ । यस्तै सामाजिक सञ्जाल र बौद्धिक वर्ग रहेको ठाउँमा पार्टीको चुनावी रणनीति परिवर्तन गर्न र युवालाई अवसर दिन पनि सुझाव प्रतिवेदनमा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप