न्यूनतम् साझा कार्यक्रमका लागि वार्ता गर्न जसपाले तोक्यो जिम्मेवारी
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा गठन भएको वार्ता समितिलाई दिएको छ । हालै सम्पन्न पार्टीको राजनीतिक समितिले विभिन्न दल÷संगठनसँग एकता, सहकार्य तथा गठबन्धनसबन्धी वार्ताका गर्नका लागि नेता श्रेष्ठको संयोजकत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको छ । सो समितिलाई सरकारले बनाउने साझा न्युनतम कार्यक्रम निर्माणका लागि पार्टीबाट सहभागी गराएको हो ।
न्युनतम साझा कार्यक्रम बनाउनका लागि आज गठबन्धनको बैठक बसेको छ । सो बैठकमा समितिको तर्फबाट रकम चेम्जोङलार्य पठाइएको छ । संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने तथा राजनीतिक विचार र सिद्धान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जसपा नेपालले यी मूलभुत विषयमा प्रतिकुल हुने गरी न्युनतम साझा कार्यक्रम आए सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
त्यस विषयमा नेता श्रेष्ठ नेतृत्वमा बनेको समितिले वार्ता गर्ने भएको छ । संविधान संशोधन, नागकिरताको समस्यालागयतका विषय पनि न्युनतम साझा कार्यक्रममा समेटिनु पर्ने जसपाको बटमलाइन रहेको छ । यता, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताको विषयमा हाल कुनै कुरा अगाडि बढेको छैन । समितिका एक सदस्यले भने, ‘अहिले न्युनतम साझा कार्यक्रम टुग्यांउनतिर लागेका छौं, त्यसपछि पार्टीमा छलफल गरेर मात्र पार्टीहरुसँग संवाद अगाडि बढाउँछौं ।’
कुन पार्टीसँग एकता गर्ने, कसरी गर्ने त्यस विषयमा समितिलाई कुनै प्रकारको म्याण्डेट प्राप्त नभएको सो सदस्यले बताए । न्युनतम साझा कार्यक्रमका लागि गठबन्धनसँग वार्ता गर्ने म्याण्डेट प्राप्त भएकाले समिति त्यसैमा लागेको ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण