मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बिचौलियामाथि प्रहरीको धरपकड, श्रम कार्यालय ताहाचलबाट १४ जना पक्राउ

बिहीबार, २१ पुस २०७९, १५ : १२
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । सरकारी कार्यालयका वरपर रहेका बिचौलिया नियन्त्रणका लागि काठमाडौँ प्रहरीले अपरेसन सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौँ प्रहरीले ४० भन्दा बढी बिचौलियालाई पक्राउ गरेको काठमाडौँ प्रहरीले जनाएको छ ।  बिहीबार बिहानै यातायात कार्यालय गुर्जुधाराबाट काठमाडौँ प्रहरीले २६ जना बिचौलियालाई पक्राउ गरेको थियो । मोटरसाइकलको कर तिर्ने, नामसारी गर्ने, इम्बोस्ड नम्बर प्लेट जडान लगायतका काम हुने यातायात कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई दुख दिएर रकम असुल गरेको आरोपमा प्रहरीले २६ बिचौलियालाई पक्राउ गरेको थियो । 

बिहानै गुर्जुधाराबाट २६ बिचौलियालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अपराह्न श्रम कार्यालय ताहाचलबाट पनि १४ जना बिचौलियालाई पक्राउ गरेको छ । श्रम कार्यालयमा श्रम स्वीकृति लगायतका कामका लागि पुगेका सेवाग्राहीलाई छिटो काम गराइदिने, सहजीकरण गरिदिने लगायतका प्रलोभन देखाई रकम ठगी गर्ने गरेको र अनावश्यक दुःख तथा हैरानी दिने गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले बताए । 

काठमाडौँ प्रहरीले सेवाग्राहीको बाक्लो उपस्थिति रहने यातायात कार्यालय, श्रम, कार्यालय, पासपोर्ट विभाग, नापी, मालपोत लगायतका स्थानमा सिभिल प्रहरी खटाएर अप्रेसन सुरु गरेको हो । बिचौलियाकै कारण सेवाग्राहीले दुख पाएको र अनावश्यक रकम खर्च भएको गुनासो आएपछि प्रहरीले अपरेसन सुरु गरेको हो ।  काठमाडौँका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार अब बिचौलिया नियन्त्रणका लागि प्रहरीले निरन्तर अप्रेसन चलाउने छ । बिचौलियाकै कारण समयमै काम नहुने र अनावश्यक खर्च हुने गरेको गुनासो आएपछि प्रहरीले अपरेसन सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप