बिचौलियामाथि प्रहरीको धरपकड, श्रम कार्यालय ताहाचलबाट १४ जना पक्राउ
काठमाडौँ । सरकारी कार्यालयका वरपर रहेका बिचौलिया नियन्त्रणका लागि काठमाडौँ प्रहरीले अपरेसन सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौँ प्रहरीले ४० भन्दा बढी बिचौलियालाई पक्राउ गरेको काठमाडौँ प्रहरीले जनाएको छ । बिहीबार बिहानै यातायात कार्यालय गुर्जुधाराबाट काठमाडौँ प्रहरीले २६ जना बिचौलियालाई पक्राउ गरेको थियो । मोटरसाइकलको कर तिर्ने, नामसारी गर्ने, इम्बोस्ड नम्बर प्लेट जडान लगायतका काम हुने यातायात कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई दुख दिएर रकम असुल गरेको आरोपमा प्रहरीले २६ बिचौलियालाई पक्राउ गरेको थियो ।
बिहानै गुर्जुधाराबाट २६ बिचौलियालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अपराह्न श्रम कार्यालय ताहाचलबाट पनि १४ जना बिचौलियालाई पक्राउ गरेको छ । श्रम कार्यालयमा श्रम स्वीकृति लगायतका कामका लागि पुगेका सेवाग्राहीलाई छिटो काम गराइदिने, सहजीकरण गरिदिने लगायतका प्रलोभन देखाई रकम ठगी गर्ने गरेको र अनावश्यक दुःख तथा हैरानी दिने गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले बताए ।
काठमाडौँ प्रहरीले सेवाग्राहीको बाक्लो उपस्थिति रहने यातायात कार्यालय, श्रम, कार्यालय, पासपोर्ट विभाग, नापी, मालपोत लगायतका स्थानमा सिभिल प्रहरी खटाएर अप्रेसन सुरु गरेको हो । बिचौलियाकै कारण सेवाग्राहीले दुख पाएको र अनावश्यक रकम खर्च भएको गुनासो आएपछि प्रहरीले अपरेसन सुरु गरेको हो । काठमाडौँका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार अब बिचौलिया नियन्त्रणका लागि प्रहरीले निरन्तर अप्रेसन चलाउने छ । बिचौलियाकै कारण समयमै काम नहुने र अनावश्यक खर्च हुने गरेको गुनासो आएपछि प्रहरीले अपरेसन सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण