मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछानेले गरे काठमाडौं जिल्ला प्रशासनको अनुगमन

बिहीबार, २१ पुस २०७९, १५ : ००
बिहीबार, २१ पुस २०७९

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन गरेका छन् । बिहीबार मन्त्री लामिछाने बबरमहलस्थित जिल्ला प्रशासनको अनुगमनमा पुगेका हुन् । 

अनुगमनका क्रममा मन्त्री लामिछानेले जिल्ला प्रशासनको सेवालाई क्रमिक रूपमा सुधार गर्दै लैजाने बताएका छन् । बिहीबारबाटै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप