मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सांसद महिन्द्र राय यादवले मागे छुट्टै संसदीय कार्यालय

बिहीबार, २१ पुस २०७९, १७ : २५
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादवले संघीय संसद सचिवालय छुट्टै कार्यकक्ष मागेका छन् । यादवले आफ्ना पिए सत्यप्रकाश यादवलाई कार्यकक्ष मिलाउनका लागि सचिवालय पठाएका थिए । 

संसद सचिवालयले विगतमा हेलो सरकार रहेको भवनमा २ कोठाको कार्यकक्ष दिएको थियो । माओवादीको चुनाव चिन्हबाट चुनाव लडेर निर्वाचित भएका उनले माओवादीको ह्विप मान्नुपर्ने भएपनि छुट्टै कार्यकक्ष लिएका हुन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमै यादव बस्नुपर्ने भएपनि छुट्टै कार्यकक्ष मागेपछि विगतको अभ्यास अनुसार कार्यकक्षको व्यवस्था गरिएको संसद सचिवालयका कर्मचारीले बताए ।

विगतमा सूर्य चिन्हबाट चुनाव जितेर सांसद भएका हृदयेश त्रिपाठीलाई पनि छुट्टै कार्यकक्ष दिएअनुसार यादवका लागि पनि छुट्टै कक्षको व्यवस्था गरिएको हो । त्रिपाठीले एमाले संसदीय दलको कार्यालयमा एक कोठा लिएर आफ्नो छुट्टै कक्ष बनाएका थिए ।  संसद सचिवालयमा अघिल्ला संसदीय चुनाव जितेका दलहरूलाई पहिलेकै कार्यालय दिइएको छ भने पहिलोपटक संसदमा प्रवेश गरेका नयाँ ४ दल र स्वतन्त्र सांसदहरूलाई छुट्टाछुट्टै नयाँ दलको कार्यालय व्यवस्था गरिएको छ । 

विगतमा डा.बाबुराम भट्टराई बसेको कार्यकक्ष स्वतन्त्र सांसद प्रभु साहले पाएका छन् भने स्वतन्त्र सांसदहरू योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरण साहका लागि पनि कार्यकक्ष व्यवस्था गरिएको छ । यद्यपि किरण साह एमाले प्रवेश गरिसकेका छन् ।  प्रतिनिधिसभामा १ सिट मात्र रहेका राजनीतिक दलहरू नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले पनि कार्यकक्ष पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप