विद्युत प्राधिकरणले लाइन काट्दा पोखरामा इन्टरनेट अवरुद्ध : आइस्पान
बिहीबार, २१ पुस २०७९, १७ : ४१
काठमाडौँ । पोखरा तथा पोखरा आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको सेवाप्रदायकहरूले बताएका छन् । इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा अवरुद्ध गरेकाले पोखरामा इन्टरनेटको सेवा अवरुद्ध भएको जनाएको छ ।
पोल प्रयोग गरेबापत इन्टरनेट कम्पनीहरूले तिर्नुपर्ने रकम नतिरेपछि यतिबेला प्राधिकरण र सेवाप्रदायकबीच विवाद चुलिँदो छ । यही समयमा पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीका पोखरामा अवस्थित क्षेत्रिय कार्यलहरूमा विद्युत सेवा अवरुद्ध गरेसँगै इन्टरनेट सेवा रोकिएको आइस्पानले जनाएको छ ।
प्राधिकरणले पोल भाडा नतिर्ने कम्पनीका पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अप्रेसन कार्यालयमा छानेरै विद्युत विच्छेद गरिरहेको छ । यहि कारण, पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण