मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरणले लाइन काट्दा पोखरामा इन्टरनेट अवरुद्ध : आइस्पान

बिहीबार, २१ पुस २०७९, १७ : ४१
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । पोखरा तथा पोखरा आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको सेवाप्रदायकहरूले बताएका छन् । इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा अवरुद्ध गरेकाले पोखरामा इन्टरनेटको सेवा अवरुद्ध भएको जनाएको छ ।

पोल प्रयोग गरेबापत इन्टरनेट कम्पनीहरूले तिर्नुपर्ने रकम नतिरेपछि यतिबेला प्राधिकरण र सेवाप्रदायकबीच विवाद चुलिँदो छ । यही समयमा पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीका पोखरामा अवस्थित क्षेत्रिय कार्यलहरूमा विद्युत सेवा अवरुद्ध गरेसँगै इन्टरनेट सेवा रोकिएको आइस्पानले जनाएको छ ।

प्राधिकरणले पोल भाडा नतिर्ने कम्पनीका पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अप्रेसन कार्यालयमा छानेरै विद्युत विच्छेद गरिरहेको छ । यहि कारण, पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप