उपरथी प्रेम प्रकाश शाही सैनिक प्रहरीको हिरासतमै
काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि सेनाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस १९ मा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
निरिक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाहीमाथि आर्थिक अनियमितता गरेको आरोप छ । छानबिनको क्रममा उनलाई जंगी अड्डा स्थित ब्यारेकमा राखिएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
सैनिक स्रोतका अनुसार अहिले उनलाई सैनिक प्रहरी गणमा राखिएको छ । सैनिक प्रवक्ता भण्डारीले आर्थिक अनुशासनबारे प्रश्न उठेपछि शाहीलाई छानबिन गरिएको बताए । उनी भन्छन्,‘अलि पहिले देखी नै उहाँमाथि आन्तरिक छानबिन भइरहेको थियो, छानबिन सक्नुपर्ने भएको हुनाले अहिले उहाँलाई जंगी अड्डामै राखिएको छ ।’
बिहीबार सैनिक प्रहरीले बुढानिलण्ठस्थित घरमा छापा मारेको बताइएको छ । तर, सैनिक प्रवक्ता भण्डारीले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण