आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिहीबार, २१ पुस २०७९, २० : १३
बिहीबार, २१ पुस २०७९

जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटो  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्ला बसपार्कबाट रारा लिहीतर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला – ३ का २० वर्षीय आकाश थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार पुरन सार्कीको घटना स्थलमा र आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटना भएको अटो तिला ३ को श्रीवेणीस्थित कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको डिएसपी चन्दले बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप