जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिहीबार, २१ पुस २०७९, २० : १३
जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्ला बसपार्कबाट रारा लिहीतर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला – ३ का २० वर्षीय आकाश थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार पुरन सार्कीको घटना स्थलमा र आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना भएको अटो तिला ३ को श्रीवेणीस्थित कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको डिएसपी चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण