मुक्तिनाथ बैंकको अभियान अन्तरगत कृषि सहकारी संस्था दर्ता गरिँदै
काठमाडौँ । ‘गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।
यसै सिलसिलामा बैंकले नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा स्थानीय समाजसेवी ओम घर्तीमगरको सहजीकरण र कृषक टोप बहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था दर्ता प्रकृया अघि बढाइएको छ ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित आम जनभेलामा सम्बन्धित वडाका अध्यक्ष,स्थानिय बुद्धिजीवी, समाजसेवी, कृषक,उद्यमी लगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना,अनुज अधिकारी र मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोकाले सहजिकरण गरेका थिए ।
सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण