उपराष्ट्रपति पुनद्वारा चाँगुनारायण जात्राको दर्शन
काठमाडौं । पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा आज मनाइएको छ । शुक्रवार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो ।
चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुगेका थिए । उनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहणसमेत गरेका थिए । सो अवसरमा बोल्दै तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरेको बताए ।
उनका अनुसार परापूर्वकालमा चाँगु नारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ । हाँडी फुटाएपछि चाँगु नारायणले मलाई अशुभ भयो अब म कतै जानु हुँदैन भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती छ । मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको समेत पूजाअर्चना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण