अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने
शनिबार, २३ पुस २०७९, ०९ : ५९
भर्जिनिया । अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेको छैन ।
‘व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । उनी अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन ।’
पीडित महिला ३० वर्षकी शिक्षिका रहेको र उनको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण