अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने
शनिबार, २३ पुस २०७९, ०९ : ५९

भर्जिनिया । अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेको छैन ।
‘व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । उनी अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन ।’
पीडित महिला ३० वर्षकी शिक्षिका रहेको र उनको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश
-
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका नेपाल र जापानबिच सहमति
-
बंगलादेशसँग हारेपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु