पृथ्वी नारायण शाहलाई सम्मान गर्दैमा राजतन्त्र फर्किने होइन : बाँस्कोटा
शनिबार, २३ पुस २०७९, १० : १५
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीको अवसरमा सरकारले बिदा दिनु उचित भएको बताएका छन् । सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ का दिन बिदा दिने माग गरिरहेका बेला सांसद बाँस्कोटाले सो कुरा बताएका हुन् ।
नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने उनको भनाई छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुस २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन्स डे) मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ ।उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण