शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी नारायण शाहलाई सम्मान गर्दैमा राजतन्त्र फर्किने होइन : बाँस्कोटा

शनिबार, २३ पुस २०७९, १० : १५
शनिबार, २३ पुस २०७९

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीको अवसरमा सरकारले बिदा दिनु उचित भएको बताएका छन् । सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ का दिन बिदा दिने माग गरिरहेका बेला सांसद बाँस्कोटाले सो कुरा बताएका हुन् ।

नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने उनको भनाई छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुस २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन्स डे) मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ ।उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप