जसपाले थाल्यो विधान अधिवेशनको तयारी
शनिबार, २३ पुस २०७९, १० : २१
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी थालेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो साङ्गठनिक अनुभव, प्रमुख राजनीतिक दलका साङ्गठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको हो ।
संघीय र समाजवादी मुलुकका तत् सम्बन्धी दस्ताबेजहरू पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ । जसपाको राजनीतिक समितिले सङ्गठनहरू गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय सङ्गठन विभागले मातहतका पार्टी सङ्गठन, समितिहरू र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ । आगामी चैत्र सम्ममा विधान अधिवेशन गर्ने र जेठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण