गुणस्तरहीन घिउसहित वीरगञ्जबाट एक जना पक्राउ
पर्सामा २ हजार लिटरभन्दा बढी गुणस्तरहीन घिउ सहित एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घिउ ६ सय १३ लिटर सहित उक्त उद्योगका सञ्चालक सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले रायले आफ्नै घरमा संचालन गरेको सो उद्योगबाट उक्त परिमाणको गुणस्तरहीन घिउ फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा नापतौल गुणस्तरीय कार्यालय तेजारथ टोल वीरगञ्ज पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण