सामाजिक सुरक्षामा वित्तीय दायित्व बढ्दो
सामाजिक सुरक्षामा क्रमशः बढ्दो वित्तीय दायित्वका कारण यस्ता कार्यक्रमको विस्तार र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । पछिल्लो दशकमा सरकारमा पुग्नेहरूले राजनीतिक अभीष्ट पूरा गराउन सामाजिक सुरक्षालाई अस्त्रका रूपमा प्रयोग गर्दा यसको व्ययभार झन् पछि झन् चर्किँदै गएको हो ।
२ दशकअघि आर्थिक वर्ष (आव) २०५९/६० मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ प्रतिशत हाराहारी रहेको सामाजिक सुरक्षा र संरक्षणको खर्च आव २०६९/७० मा २ दशमलव ५ प्रतिशत पुगेको विश्व बैंकको एक रिपोर्टले देखाउँछ । श्रम संगठन अन्तर्राष्ट्रिय (आईएलओ) ले गरेको नेपालमा सामाजिक सुरक्षाबारेको अध्ययनअनुसार आव २०६७/६८ मा सामाजिक सुरक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको १ दशमलव ९ प्रतिशत रहेकोमा आव २०७२/७३ मा २ दशमलव ५ प्रतिशत पुगेको र त्यसपछिका वर्षहरूमा व्ययभार झन् चर्किँदै गएको छ । हालै राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना प्रतिवेदनले विकासोन्मुख राष्ट्रहरु मध्ये नेपालको व्ययभार उच्च रहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण