मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व
उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ ।
विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पुर्याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पुर्याएको आरोप सडक विभागको छ । पाइप परीक्षण वा पानी वितरणक्रममा तीनकुने, लाजिम्पाटलगायत उपत्यकाका विभिन्न स्थान जलमग्न भएको थियो । मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले आयोजनाको पाइप फुटाउँदा पानी वितरणमै समस्या आउन सक्ने बताए । उनले सडकमुनि खानेपानीको पाइप छ भन्ने कुरा मनन गरी सावधानी अपनाएर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले बिहीबार काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणक्रममा मेलम्चीको पाइपमा क्षति पुग्दा कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको बताए । सो क्षेत्रमा मेलम्चीको सात सय एमएमको पाइपमा क्षति पुगेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण