बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कौमार्यता भंगदेखि ड्रग्ससम्म : प्रिन्स ह्यारीले आफ्नो पुस्तकमा गरेका सनसनीपूर्ण दाबी कस्ता ?

आइतबार, २४ पुस २०७९, १३ : १७
आइतबार, २४ पुस २०७९

बेलायती राजकुमार ह्यारीले आफ्नो आत्मकथामा एकपछि अर्को गर्दै थुप्रै सनसनीपूर्ण आरोप लगाएका छन् ।

उनको आत्मकथा ‘स्पेयर’मा लेखिएका यी कुराहरु लीक भएका छन् ।

यस पुस्तकमा, बेलायतको शाही परिवार भित्रको गुनासो र कटुताबारे उल्लेख गरिएका छन् – उदाहरणका लागि, प्रिन्स ह्यारी र उनका दाइले आफ्नो बुबालाई क्यामिलासँग विवाह नगर्न भनेका थिए ।

द गार्डियनले पहिलो पटक रिपोर्ट गरेको चकित पार्ने दाबी यो थियो कि ह्यारीलाई उनका दाइ, प्रिन्स विलियमले शारीरिक हानि पुर्‍याउने उद्देश्यले आक्रमण गरेका थिए ।

यद्यपि केन्सिङ्टन र बकिङ्घम प्यालेस दुवैले यस विषयमा केही भन्न अस्वीकार गरेका छन् ।

बीबीसी न्यूजले ‘स्पेयर’ को प्रतिलिपि प्राप्त गरेको छ ।

स्पेनमा यसका प्रति पहिले नै बिक्रीका लागि राखिएको छ र अब यसको अनुवाद भइरहेको छ ।

यस पुस्तकमा गरिएका केही दावी र रहस्योद्घाटनमध्ये केही यस प्रकारका छन् ।

harryराजा चार्ल्सलाई विवाह गर्न निषेध गरिएको थियो

ह्यारीले आफ्नो बुबालाई क्यामिलासँग विवाह नगर्न आग्रह गरे  । क्यामिला अब क्विन कन्सोर्ट हुन् ।

‘द सन’ सँग स्पेयरको स्पेनी प्रतिलिपि छ । उनीहरुले यो प्रतिलिपि स्पेनिशमा भाषामा प्रकाशित हुनु अघि प्राप्त गरेका थिए । उक्त पत्रिकाले प्रिन्स ह्यारीले यस आत्मकथामा राजपरिवारको आधिकारिक रुपमा सदस्य बन्नु अघि उनले र उनका दाइ विलियमले उनीसँग छुट्टाछुट्टै भेटघाट गरेको दाबी गरेका छन् ।

यस पुस्तकमा ह्यारी भन्छन्, ‘म सोचिरहेको थिएँ कि के एक दिन क्यामिला हाम्रो ‘दुष्ट सौतेनी आमा’ बन्नेछिन् । तर उनले किङ चार्ल्सलाई खुसी राख्छिन् भने उनलाई आफ्नो ‘मनमा माफी’ गरिदिने भन्ने विलियम र मेरो सोच थियो ।’

यद्यपि क्यामिलासँग उनको भेट कहिले भएको थियो र त्यस समयमा ह्यारीको उमेर के थियो भन्ने कुरा पुस्तकमा उल्लेख छैन ।

harry1ती महिलाले के भनिन्, जोसँग ‘शक्ति’ थियो

ह्यारीका अनुसार आमा डायनाको मृत्युपछि उदासीको दिनमा उनको भेट एक महिलासँग भयो, जसले आफूसँग ‘शक्ति’ भएको दाबी गर्ने गर्थिन् ।

यस शक्तिको आधारमा उनले ह्यारीलाई भनेकी थिइन्, ‘तपाईंकी आमाले भनिरहनुभएको छ कि तपाईं त्यो जीवन बाँचिरहनुभएको छ जुन उहाँले बाँच्न सक्नुभएन ।’

डायनाको सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसबेला ह्यारी १२ वर्षका मात्र थिए ।

‘द गार्डियन’सँग उनको पुस्तकको प्रतिलिपि छ । यस अनुसार ह्यारीले आफ्नी आमासँग भएको एक संक्षिप्त कुराकानीबारे बताएका छन् । त्यसको सम्पादित अंश द गार्डियनले प्रकाशित गरेको छ ।

 

harry3डायनाको मृत्यु हुँदा चार्ल्सले ‘अङ्कमाल गरेनन्’

आफ्नो संस्मरणमा, ह्यारीले भने कि उनका बुबाले डायनाको कार दुर्घटना भएको कुरा बताउन उनलाई निद्राबाट ब्युँझाएका थिए ।

ह्यारीले लेखे, ‘‘चार्ल्सले सामान्य परिस्थितिमा’ आफ्ना भावनाहरू ठीकसँग देखाउन सक्दैनन् तर ती कठिन परिस्थितिहरूमा पनि चार्ल्सले ह्यारीलाई अँगालो हालेनन् ।’

 

harry4विलियमले धक्का दिएर भुइँमा लडाइदिए

ह्यारीले दाबी गरे कि दाइ विलियमले उनको कठालो समातेर नेकलेस भाँचिदिए । उनले धक्का दिएर भुइँमा लडाइदिए । यो घटना उनको लण्डन कटेजमा भयो ।

पुस्तकमा एक अवस्था उल्लेख गरिएको छ, जसमा ह्यारीकी श्रीमती मेगनलाई लिएर दुई दाजुभाइबीच झगडा भएको छ । झगडा मेगनमाथि विलियमको टिप्पणीबाट सुरु हुन्छ ।

ह्यारीले लेखेका छन् कि उनका दाइ विलियमले मेगनलाई ‘कठिन’, ‘घमण्डी’, ‘कर्कश’ महिला बताएका थिए ।

ह्यारीले त्यतिबेला भनेको कुरा उद्धृत गर्दै गार्डियनले लेखेको छ, ‘झगडा बढेपछि मेरो दाइले प्रेसले रटाएका कथाहरु पेश गर्न थाले ।’

यो झगडापछि के भयो भनेर ह्यारीले बताएका छन् । उनले लेखेका छन्, ‘उनले (विलियम) ले पानीको गिलास राखे र मलाई अर्को नामले सम्बोधित गरे । उनी म भएठाउँ आए । यो निकै छिटो भएको थियो ।’

‘विलियमले मेरो कठालो समाते, मेरो नेकलेस छिनाइदिए र मलाई भुइँमा लडाइदिए ।’

‘म कुकुरका लागि प्रयोग गरिने भाँडोमा लडेँ, जुन मेरो पिठ्यूँको दबाबले फुट्यो । यसको एउटा टुक्रा मेरो पिठ्यूँमा बिझ्यो । म केही समयसम्म त्यहाँ बसेँ । त्यसपछि लर्खराउँदै उठेँ र विलियमलाई त्यहाँबाट जान भनेँ ।’

कौमार्य कसरी भंग भयो ?

ह्यारीले १७ वर्षको उमेरमा आफ्नो कौमार्य भंग भएको लेखेका छन् ।

उनकी महिला पार्टनरको उमेर उनीभन्दा बढी थियो । यो उनका लागि ‘अपमानजनक’ अनुभव थियो । महिलाले उनलाई ‘कुनै युवा घोडा’ जस्तो व्यवहार गरेको उनले लेखेका छन् ।

१७ वर्षको उमेरमा लागूपदार्थ

ह्यारीले १७ वर्षको उमेरदेखि लागूऔषध लिन थालेका थिए । उनले एटन कलेजमा गाँजा खान सुरु गरेका थिए । उनले म्याजिक मसरुमको पनि प्रयोग गरेका थिए ।

ह्यारीका अनुसार उनलाई कसैको घरमा कोकिन अफर गरिएको थियो । त्यतिबेला उनी १७ वर्षका मात्रै थिए । उनले थुप्रैपटक ड्रग्स लिएको कुरा स्वीकार गरेका छन् । तरपनि उनलाई यसमा मजा भने नआएको उनले बताए ।

उनी भन्छन्, ‘म १७ वर्षको किशोर थिएँ र ती हरेक नयाँ कुरा गर्नका लागि तयार थिएँ जसले स्टेरियोटाइप तोड्थ्यो ।’

ह्यारीले एटन कलेजको बाथरुममा पनि एक विद्यार्थीमा गाँजा खाएको कुरा स्वीकारेका छन् । त्यसबेला टेम्स उपत्यकाका प्रहरी अधिकारीहरू उनको अंगरक्षकको रूपमा भवन बाहिर उपस्थित थिए ।

‘टेलिग्राफ’ को रिपोर्टमा भनिए अनुसार ह्यारीले सन् २०१६ मा क्यालिफोनिएयाको एक ट्रिपका बेला म्याजिक मसरुम लिएको पनि स्वीकार गरेका छन् ।

harry6ह्यारी एटनमा भएको विलियमलाई मन परेन

ह्यारीका अनुसार जब उनी एटन कलेजमा आफ्नो स्कुली शिक्षा सुरु गर्ने तयारीमा थिए तब विलियमले भनेका थिए, ‘ह्यारोल्ड म तिमीलाई चिन्दिनँ र तिमीले पनि मलाई चिन्दैनौँ ।’

ह्यारीले लेखे, ‘मेरा दाइले मलाई भनेका थिए कि पछिल्लो दुई वर्ष एटन उनका लागि कुनै अभयारण्य जस्तै रहेको छ ।’

‘उनीमाथि भाइको बोझ थिएन । जसले उनलाई प्रश्न सोधेर वाक्क बनाइरहन्थे वा सोसल सर्कलमा उनको पोल खोल्ने गर्दथ्यो ।’

harry7‘प्रेसको दबाबमा क्यारोलिन फ्ल्याकलाई भेट्न बन्द गरे’

ह्यारीका अनुसार उनी सन् २००९ मा साथीसँग एउटा रेष्टुरेन्टमा गएका थिए, त्यहाँ उनको भेट टिभी प्रस्तोता (अब दिवंगत) क्यारोलिन फ्लेकलाई भेटेका थिए । उनले लेख्छन्, ‘उनी ‘स्विट’ र ‘फनी’ थिइन् ।’

तर पत्रकारले यसबारे छिटो थाहा पाए र फोटोग्राफरले उनीहरुलाई आफ्नो घेरामा लिए ।

फ्लेको आमाबुवाको घर बाहिर पत्रकार जम्मा हुन थाले । उनका साथीहरु र उनका हजुरआमाको घर बाहिर पनि धेरै पत्रकार जम्मा हुन्थे ।

‘हामीले सम्बन्धलाई टिकाइरह्यौँ किनभने हामीले निकै राम्रो समय बिताइरहेका थियौँ । हामी ती मूर्खहरुको अगाडि हार्न चाहँदैनथ्यौँ ।’

‘तर यो सम्बन्ध लामो समय टिक्न सकेन । हामीले निर्णय गर्यौं कि यो सम्बन्धको पीडा र उत्पीडन बोक्नु ठीक होइन।  सबै भन्दा धेरै यो उनको परिवारको लागी महत्वपूर्ण थियो । अन्तमा, हामीले यो सम्बन्धलाई विराम लगायौँ ।’

harry8२५ तालिबान लडाकु मारिए

ह्यारीले २०१२–१३ मा अफगानिस्तानमा हेलिकप्टर पाइलटको रूपमा छवटा मिसनहरूमा भाग लिए । यी सबैमा मृत्यु भएको थियो । तर ह्यारीले यसलाई उचित मान्छन् ।

ह्यारीले आफ्नो संस्मरणमा लेखे, ‘मसँग गर्व गर्न सक्ने तथ्यांक छैन । तर त्यहाँ त्यस्तो कुनै तथ्याङ्क छैन, जसले लाजमर्दो महसुस गराउँछ । मैले लडाईंको सरगर्मी र भ्रमबीच ती २५ जनालाई मानिसको रुपमा देखिनँ । राम्रा मानिसहरुलाई उनीहरुले मार्नु अघि ती खराब मानिसहरुलाई मारियो ।’

प्यानिक अट्याक

ह्यारीले लेखे, ‘सन् २०१३ को गर्मीको अन्त्यमा, म सार्वजनिक रूपमा बाहिर निस्कन नर्भस हुन थाले । त्यतिबेला म असाध्यै खराब अवस्थाबाट गुज्रिरहेको थिएँ ।’

त्यतिबेला उनको काम भाषण दिने र अन्तरवार्ता दिने थियो । तर यो आधारभूत काम पनि गर्न सकिरहेका थिएनन् ।

भाषण दिनुअघि उनको शरीर पसिनाले निथ्रुक्क भिजेको जस्तो हुन्थ्यो । सूट लगाउने बित्तिकै उनको अवस्था बिग्रिन्थ्यो ।

उनी लेख्छन्, ‘ब्लेजर लगाएर जुत्ता बाँध्ने बित्तिकै म पसिनाले निथ्रुक्क भिजिसकेको हुन्थेँ ।’

harry9जब चार्ल्सले ह्यारी र विलियमलाई झगडा नगर्न आग्रह गरे

२०२१ मा ड्युक अफ एडिनबराको अन्त्येष्टिपछि ह्यारीले आफू र विलियम बीचको झगडाबारे कुरा गरेका छन् ।

ह्यारी लेख्छन्, ‘त्यसपछि चार्ल्स म र दाइको बीचमा आए र भने, ‘छोराहरु कृपया मेरो अन्तिम दिनलाई नर्क नबनाउनुहोस् ।’

harry2विलियम उत्तराधिकारी र ह्यारी ‘स्पेयर’

यो किताबका शीर्षक ह्यारीको जन्मपछि राजा चाल्र्सको एक टिप्पणीबाट लिइएको छ ।

ह्यारी लेख्छन्, ‘म २० वर्षको हुँदा मलाई बताइयो कि चार्ल्सले डायनासँग के भनेका थिए ? उनले मेरी आमा डायनासँग भनेका थिए, ‘असाध्यै राम्रो, तिमीले मलाई उत्तराधिकारी र एक स्पेयर (अतिरिक्त) दिएको छौ । तिमीले आफ्नो काम निकै राम्रोसँग गरेकी छौ ।’

बीबीसी


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप