शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

आइतबार, २४ पुस २०७९, १६ : ३५
आइतबार, २४ पुस २०७९

काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो । 

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्‍यो । लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८, अनिल शाह २४, विपुल शर्मा २०, सेड्ली भान स्केल्कवेकले १७, लाहिरु मिलान्थाले १६, दिपेन्द्रसिंह ऐरी १० रन जोडे । 

जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुईरदुई विकेट लिँदा  ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए । 

जनकपुरका लागि सामिउल्लाह सिनवारीले सर्वाधिक ४५, ओपनर शरार्फुदिन असरफ २४, राजेश पुलामी १३, कप्तान ट्रेभोन ग्रिफितले १० रन जोड्दा  पवन शर्राफ ३० रनमा अविजित रहे । लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई दुई विकेट लिए भने शेड्ली भान स्केल्कवेले एक विकेट लिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप