फिल्म निर्माण गर्दै जीतु नेपाल
काठमाडौँ । हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनको फिल्मको निर्देशन दिनेश डिसीले गर्नेछन् । यस अगाडि ‘छक्का पन्जा’ टिमसँग निर्माण सहकार्य गर्दै आएका उनले एक्लै फिल्म निर्माण गर्न लागेका हुन् ।
आइतबार आफु अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर रिलिज कार्यक्रममा जीतुले निर्देशक दिनेश डिसीसँग मिलेर फिल्म बनाउन लागेको खुलासा गरे । कार्यक्रममा फिल्मको बिषयमा अन्य केही नबताएका जीतुले निर्देशक भने दिनेश डिसी रहने बताए । ‘दिनेश दाई र म एउटा फिल्म बनाउने बिषयमा छलफल गरिरहेका छौ’ जीतुले भने ।
जीतु अहिले ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ल्याउने तरखरमा छन् । शोको यो सिजनका लागि उनले अध्यक्षमा प्रियंका कार्की लिएका छन् । शोको यस अगाडि अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए ।
शोमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ लगायतका कलाकार समेत देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण