‘अैंचो पैंचो’बाट निर्देशनमा देखिँदै कृषा
आइतबार, २४ पुस २०७९, १८ : १३
काठमाडौंँ । फिल्म निर्माता कृषा चौलागाई निर्देशनमा फड्को मार्ने भएकी छन् । फिल्म ‘अैंचो पैंचो’ मार्फत उनी निर्देशनमा डेब्यु गर्न लागेकी हुन् ।
सोसल पोलिटिकल ड्रामामा निर्माण हुने ‘अैंचो पैंचो’ मा ‘बुलबुल’ जोडी स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा रहनेछन् । फिल्ममा वर्षा राउत (कोइराला), विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला र शारदा गिरीको समेत अभिनय रहनेछ ।
माघको अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको अहिले वर्कसप तयारी भइरहेको छ । काभ्रेको पनौतीका विभिन्न गाउँमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
केपी फिल्मुस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रोजेक्ट हेडमा प्रणव सुवेदी रहेका छन् । कृषाले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ फिल्म निर्माण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण