बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपाल राष्ट्रिय कर्मचारी निजामती मोरङ अध्यक्षमा सुबोध आचार्य

आइतबार, २४ पुस २०७९, १९ : ५९
आइतबार, २४ पुस २०७९

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामती मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुबोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । सदस्यहरूमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला, छेदी मण्डल, राजेन्द्य्र पराजुली र भुपेन्द्र मण्डल चयन भएका हुन् । 

विराटनगरमा शनिबार सम्पन्न सम्मेलनले ७ जना केन्द्रीय प्रतिनिधि र १४ जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । केन्द्रीय प्रतिनिधिहरुमा गजेन्द्र भट्टराई, विनोद भण्डारी, श्याम सुब्बा, बसन्तकुमार प्रधानाङ्ग, अर्जुन चौंलागाईं, बासुदेव कुँबर र अर्जुन दुलाल रहेका छन् ।

प्रदेश प्रतिनिधिमा प्रकाश राई, वेदनिधि नेपाली, सरोज सुवेदी, बालकृष्ण दंगाल, ओमप्रकाश यादव, प्रकाशकुमार श्रेष्ठ, चिन्तामणि पोखरेल, देवी ढुंगाना, दिपक राय, अमृतविलाश पन्त, मनिषा भण्डारी, दिनेश ढुंगाना, शम्भु दाहाल र रत्नप्रसाद चौंलागाईं रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप