एट्लेटिकोलाई हराउँदै बार्सालाई शीर्ष स्थानमा अग्रता
मड्रिड । एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । खेलमा ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।
गाभीको पासमा खेलको २२ औँ मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनको प्रहार पोस्टमा लागेको थियो । इन्जुरी समयमा एट्लेटिकोले खेल बराबरी गर्ने अवसर पाए पनि एन्टोनी ग्रिजमानको प्रहार रोनाल्ड आराउजोले गोललाइनबाट बचाएका थिए ।
खेलको अन्त्यमा स्टेफन साभिच र फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएको थियो । जीतसँगै बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको छ । शनिबार पराजित भएको रियले ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । एट्लेटिको भने २७ अंकसहित पाँचौँ स्थानमा खस्किएको छ ।
आइतबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई २–१ गोलअन्तरले हरायो भने रियल बेटिसले रायो भायोकानोलाई समान अन्तरले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण