जसपा मधेस प्रदेश : लालबाबु ब्याक भएपछि दलको नेतामा सरोज यादव निर्विरोध
जनकपुरधाम । जसपा नेपाल मधेस प्रदेशको दलको नेतामा निवर्तमान सभामुख सरोज यादव निर्विरोध चयन भएका छन् । दलको नेताका लागि सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख यादवले उम्मेदवारी दिएका थिए । तर अन्तिम समयमा राउतले यादवलाई नै समर्थन गरेपछि उनी निर्विरोध दलको नेता चयन भएका हुन् । उम्मेदवारी फिर्ता लिने समय ३ः३० बजे सम्म रहेकोमा राउतले त्यसअघि नै यादवलाई समर्थन जनाएका थिए ।
मधेस प्रदेशसभामा १६ सांसदसहित जसपा तेस्रो ठुलो दल हो । संघीय सत्ता समीकरण अनुसार यस प्रदेशमा जसपाकै नेतृत्वमा सरकार गठन हुने भएपछि दलको नेता चयन गर्न सकस भएको थियो । यसअघि दलको नेता बन्न आकाङ्क्षी धेरै भएपछि नेता चुन्न पार्टी अध्यक्षलाई अधिकार दिइएको थियो । तर, अध्यक्ष समेत सो जिम्मेवारीबाट पन्छिँदै प्रदेशलाई नै निर्वाचन गराउन निर्देशन दिएपछि प्रदेश समितिले सर्वसम्मत गराउन नसक्दा आज निर्वाचनको तयारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण