सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, आजै शपथ

सोमबार, २५ पुस २०७९, १५ : २१
सोमबार, २५ पुस २०७९

कास्की । एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुखयमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीालई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका थिए । केही समय अघिमात्र अधिकारीले ३३ सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दावी गर्न पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । अघिकारी ३३ सांसदको समर्थन लिएर दावी गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री गुरुङलाई आजै शपथ खुवाउने जनाएको छ ।

kkkk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप