प्रचण्डलाई माधव नेपालको शुभकामना : जनताले महसुस गर्नेगरी काम अघि बढोस्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले परिवर्तनको महसुस गराउनेगरी काम गर्न शुभकामना दिएका छन् । सोमबार निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले बोली र व्यवहारमा सामन्सज्यता आउनेगरी काम गर्न आग्रह गर्दै कार्यकाल सफलताको कामना गरेका हुन् ।
उनले भने–‘भोलि त विश्वासको मत लिनुछ, यो कार्यकाल कति दिनको भन्ने प्रश्न आउला ? तपाईँहरूको आफ्नैपनि बहुमतको संख्या पुगिरहेकै छ । सबैले राजनीतिक स्थायित्वको कामना पनि गरेका छन्, हामी चाहँदैनौँ छिन–छिनमा सरकार परिवर्तन होस् । विगतका अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ । त्यस हुनाले विगतबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अगाडि बढ्न सक्नुपर्छ ।’
उनले प्रधानमन्त्रीले संविधान मिच्ने नभई वर्तमान प्रधानमन्त्रीले संविधानको पालना गरेर जाने कुरामा विश्वास लिएको बताए । उनले ५ वर्षको कार्यकालमा यो संसद्ले निकै महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण