आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशको मुख्यमन्त्रीमा भोलि दाबी पेस गर्ने जसपाको तयारी

सोमबार, २५ पुस २०७९, १६ : ४१
सोमबार, २५ पुस २०७९

बारा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का संसदीय दलका नेता सरोजकुमार यादवले भोलि दाबी पेस गर्ने भएका छन् । जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सोमबार (आज) निर्विरोध चयन भएपछि उनले भोलि मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् ।

जसपा मधेस प्रदेशका मुख्य सचिव लाल किशोर साहले संसदीय दलका नेता यादवले भोलि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए ।  ‘मधेस प्रदेशको मुख्यमन्त्रीको दाबीका लागि २८ गतेसम्म समय भएपनि भोलि सत्ता गठबन्धन दलहरुबीच बैठक बसेर टुंगो लगाउने प्रयास  गर्छौं । हाम्रोतर्फबाट भोलि दाबी पेश हुन्छ’ मुख्य सचिव साहले भने, ‘गण्डकी र बागमती प्रदेशमा आज मुख्यमन्त्रीको टुंगो लागेसँगै जसपाले भोलि  मधेस प्रदेशमा दाबी पेस गर्छ ।’

सत्तारुढ दलहरुबीच मधेस प्रदेशको मुख्यमन्त्री जसपालाई  दिने सहमति भएकाले सोही अनुसार दलका नेता यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्ने जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । दलका नेता यादव बारा निर्वाचन क्षेत्र नं १ (ख)बाट प्रदेशसभामा सदस्यमा निर्वाचित भएका थिए । उनी मधेस प्रदेशको निवर्तमान सभामुख समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप