नीतिगत कार्यक्रम एक महिनाभित्र कार्यान्वयनमा लैजान सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सार्वजनिक गरेको नीतिगत कार्यक्रममा जनसरोकारका धेरै विषय समेटिएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिने प्रतिवद्धता जनाएका छन् । सोमबार सिंहदरवारमा आयोजित नीतिगत कार्यक्रम सार्वजनिक समारोहमा निजामति कर्मचारीहरुलाई पनि यसको कार्यन्वयनमा साथ दिन आग्रह गरे ।
‘सरकारको मुलभूत ओरियन्टेसन के हुने भन्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ । त्यसकारण दुविधारहित ढंगले यसलाई कार्यान्वयन गरेर जानुको कुरामा र स्थायी सरकार हुनुको नाताले मुख्य सचिवदेखि कर्मचारीतन्त्रका सवै पदाधिकारी विशेष रुपले भन्न चाहान्छु’, प्रधानमन्त्रीले भने, ‘तपाईहरुको क्षमता र दक्षताप्रति पुरै विश्वास छ । तर राजनीतिक अस्थिरताका कारण त्यो क्षमताको सहि सदुपयोग हुन सकेको छैन कि भनेर अस्ति पनि मैले प्रश्न उठाएको थिएँ । अव त्यस्तो हुने छैन ।’
उनले दोहोरो कुरा नगरी नीति तथा कार्यक्रममा जे राखिएको छ त्यसको कार्यन्वयनका लागि कर्मचारीहरुलाई समेत लाग्न निर्देशनात्मक सुझाव दिए । उनले सबै सचिवहरुलाई यो कार्यक्रम एक महिनाभित्र कार्यन्वयनको दिशामा लैजान निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण