आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

सोमबार, २५ पुस २०७९, १७ : ५७
सोमबार, २५ पुस २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको समाचार आफुले पाएको बताएका हुन् ।

उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफु विस्वस्त रहेको बताए । प्रचण्डले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप