जसपाको असहमति पछि साझा न्यूनतम कार्यक्रममा अटेन पृथ्वी जयन्ती
सोमबार, २५ पुस २०७९, २१ : १३
काठमाडौँ । आफ्नो अडानका कारण सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्ती राख्ने विषयलाई हटाइएको जनता समाजवादी पार्टी नेपालले दाबी गरेको छ । पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने कुरा साझा न्यूनतम कार्यक्रमको मस्यौंदामा समावेश गरिएकोमा जसपाले असहमति राखेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
‘सरकारले आवश्यकताका आधारमा सार्वजनिक बिदा दिन सक्ने विषयलाई साझा न्यानुतम कार्यक्रमको अंश बनाउनु हुँदैन भन्ने जसपाको धारणा थियो । कार्यक्रमलाई पूर्णता दिने क्रममा यसलाई हटाइएको छ,’ पार्टीले भनेको छ । यद्यपि सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय भने गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण