आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको असहमति पछि साझा न्यूनतम कार्यक्रममा अटेन पृथ्वी जयन्ती

सोमबार, २५ पुस २०७९, २१ : १३
सोमबार, २५ पुस २०७९

काठमाडौँ । आफ्नो अडानका कारण सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्ती राख्ने विषयलाई हटाइएको जनता समाजवादी पार्टी नेपालले दाबी गरेको छ ।  पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने कुरा साझा न्यूनतम कार्यक्रमको मस्यौंदामा समावेश गरिएकोमा जसपाले असहमति राखेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।

‘सरकारले आवश्यकताका आधारमा सार्वजनिक बिदा दिन सक्ने विषयलाई साझा न्यानुतम कार्यक्रमको अंश बनाउनु हुँदैन भन्ने जसपाको धारणा थियो । कार्यक्रमलाई पूर्णता दिने क्रममा यसलाई हटाइएको छ,’ पार्टीले भनेको छ । यद्यपि सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय भने गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप