मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पोखराबाट ३ किलो चरेशसहित १ जना पक्राउ

मङ्गलबार, २६ पुस २०७९, ०७ : ५४
मङ्गलबार, २६ पुस २०७९

पोखराबाट ३ किलो चरेश सहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । 

उनीविरुद्ध लागुऔषध सम्बन्धि मुद्धामा अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप