इन्जिनियरिङमा छात्रवृत्ति दिलाईदिन्छु भन्दै लाखौँ ठगी
मङ्गलबार, २६ पुस २०७९, ०९ : ३०
काठमाडौँ । छात्रवृत्ति दिलाई दिन्छु भन्दै नगद ८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सिरहा कल्याणपुर नगरपालिका-१० घर भई काठमाडौँ बानेश्वर बस्ने २७ वर्षीय सन्तोष मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इन्डो ग्लोबल कन्सलटेन्सी बागबजारको संचालक हुँ भन्दै भारतमा छात्रवृत्तिमा इन्जिनियरिङ शिक्षाको लागि दिल्ली टेक्नोलोजीकल युनिभर्सिटिमा भर्ना गराईदिन्छु भन्दै पीडितबाट उक्त नगद लिई ठगी गरेको खुल्न आएपछि मण्डललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण